Invitation for Bids
पशुपालन एवं दुग्ध प्रशोधन सामानहरु खरिद गर्नको लागि
सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना
King Baudouin Foundation, Belgium र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र मिलन केन्द्र नेपालको सहकार्यमा पाँचथर जिल्लाका फाल्गुनन्द, कुम्मायक र मिक्लाजुङ्ग गाउँपालिकाहरुमा दुग्ध मूल्य श्रृङ्खला विकास परियोजना सञ्चालित भइरहेको छ । यसै परियोजना अन्तर्गत दुग्ध उत्पादक कृषक र सहकारीहरुको क्षमता अभिबृद्धिमा सहयोग् गर्ने उद्देश्यले पशुपालन एवं दुग्ध प्रशोधन सम्बन्धी सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक कम्पनी, फर्म र आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउ पत्र पेश ग्र्नको लागि आह्वान गरिन्छ ।
सामग्रीहरुको प्रकार:
- पशुपालन सम्बन्धी सामग्री
- पशु उपचार सम्बन्धी सामग्री
- दुग्ध संकलन एवं प्रशोधन सम्बन्धी सामग्री
दर्ता प्रक्रिया ।
उपरोक्त बमोजिमको सिलबन्दी दरभाउ पत्र मिति २०७८ कार्तिक १२ गते तद्नुसार २९ अक्टोबर २०२१ साँझ ५:०० बजे भित्र मिलन केन्द्र नेपाल, फिदिम, पाँचथर, फोन ०२४-५२१०९१ वा गुड नेवर्स इन्टरनेशनल नेपाल एकान्तकुना-१३, ललितपुर, नेपालमा सिधै वा हुलाक/कुरियर मार्फत बुझाउन सकिनेछ । दरभाउ पत्रको आवेदन फारम, Technical Specification र TOR संस्थाको वेभसाइटः http://gninepal.org/work- with-us/notice/ बाट प्राप्त गर्न सकिनेछ ।
सिलबन्दी दरभाउ पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सम्बन्धित संस्थाहरुमा निहित रहनेछ ।